काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले नेपालको छवि राम्रो बनाउने गरी काम गर्ने बताएका छन् ।
शुक्रबार परराष्ट्र मन्त्रालयको पदभार ग्रहण गरेसँगै उनले यस्तो बताएका हुन् ।
उनले आफू मन्त्रीपरिषद्मा आउँदा राम्रो हुन्छ भने आउनुपर्छ भनेर आफू मन्त्री बनेको बताए ।
उनले भने- 'नेपालको इमेज संसारभर कसरी राम्रो गर्ने भन्ने विषयमा अघि बढ्नेछु । यो मुलुक हाम्रो हो । हामीले जति खालि राख्छौँ त्यति समस्या हुन्छ । हामी आएर मुलुकको, मन्त्रालयको उद्धार हुन्छ भने रोक्नु हुँदैन भनेर आएको हुँ । मैले छिमेकी देशहरुसँग सकारात्मक रुपमा भूमिका खेल्छु । उनीहरु उदयीमान देश हुन् । सहकार्य गर्दै अघि बढ्न सकिन्छ ।'
उनले निर्वाचनको सम्बन्धमा छिमेकी देशहरुसँग कुनै सहयोग लिनुपर्ने रहेछ भने सही तरिकाले सहकार्य गर्ने बताए ।
आजै मन्त्री नियुक्त भएका शर्माले आजैमात्र राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।
नवनियुक्त मन्त्री शर्मा नेपाली सेनाका पूर्वरथी समेत हुन् ।