Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

टर्कीमा विमान दुर्घटना : लिबियाका सेना प्रमुख जनरल अल–हद्दादसहित पाँच जनाको मृत्यु

टर्कीमा विमान दुर्घटना : लिबियाका सेना प्रमुख जनरल अल–हद्दादसहित पाँच जनाको मृत्यु

बुधवार , पौष ९, २०८२

एजेन्सी । टर्कीमा भएको विमान दुर्घटनामा लिबियाका सेना प्रमुख जनरल मोहम्मद अली अहमद अल–हद्दादको मृत्यु भएको छ । लिबियाका प्रधानमन्त्रीले जनरल अल–हद्दादसहित विमानमा सवार अन्य चार जनाको पनि ज्यान गएको पुष्टि गरेका छन् ।

जनरल अल–हद्दाद टर्कीको राजधानी अंकाराबाट लिबियाको त्रिपोलीतर्फ उडेको फाल्कन–५० जेट विमानमा सवार थिए।

टर्कीका आन्तरिक मन्त्री अली येरलिकायाले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिँदै मंगलबार साँझ स्थानीय समय अनुसार ८ः५२ बजे विमानसँग सम्पर्क टुटेको बताएका छन्।

उनका अनुसार अंकारा विमानस्थलबाट उडेको करिब ४२ मिनेटपछि सम्पर्क विच्छेद भएको थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077