Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

बिरामी लिएर दिल्ली जाँदै गरेको विमान झारखण्डमा दुर्घटना, ७ जनाको मृत्यु

बिरामी लिएर दिल्ली जाँदै गरेको विमान झारखण्डमा दुर्घटना, ७ जनाको मृत्यु

मंगलवार , फाल्गुण १२, २०८२

एजेन्सी। भारतको झारखण्ड राज्यमा विमान दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । 

दिल्लीस्थित रेडबर्ड एयरवेज प्रालिद्वारा सञ्चालित बीचक्राफ्ट सी–९० (भिटी–एजेभी) विमान दुर्घटनामा परेको हो 

विमानमा एक बिरामी, उनका सहयोगी, एक चिकित्सक, दुई सहयोगी तथा दुई क्याप्टेन सवार थिए। चार्टर विमान ४१ वर्षीय संजय कुमार नामका बिरामी बोकेको एयर एम्बुलेन्स थियो र उनीसँगै उडानमा रहेका विकास कुमार गुप्ता नामका डाक्टर पनि रहेको हिन्दुस्तान टाइम्सले जनाएको छ ।

रांचीको बिरसा मुण्डा विमानस्थलबाट उडान भरेको केही समयपछि सम्पर्क टुटेको हो ।

नागरिक उड्डयन निर्देशनालयद्वारा जारी विज्ञप्ति अनुसार, दिल्ली जाँदै गरेको बीचक्राफ्ट सी ९० एयर एम्बुलेन्सको कोलकातासँग सम्पर्क र राडार सम्पर्क टुटेको थियो। विमानमा सवार सबै सात जनाको मृत्यु भएको थियो ।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077