Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

मंगलवार , पौष ८, २०८२

काठमाडौं । जेनजी आन्दोलनका क्रममा घरमा आगजनी हुँदा गम्भीर घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारले दोषीमाथि कडा कारबाहीको माग गरेकी छन्।

लामो समयको उपचारपछि स्वास्थ्यलाभ गर्दै सोमबार राती भारतबाट आएकी रविलक्ष्मीले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो भनेकी हुन् ।

सञ्चारकर्मीसँग कुरा गर्दै उनले भनिन्- ‘जेनजीका भाइबहिनीहरूको अवोधपनको मुखुण्डो ओढेर देशलाई नष्ट पार्न खोज्नेहरुलाई सरकारले छिट्टै चिनेर कारबाही गर्नुपर्छ। मेरो यही माग हो ।’

रविलक्ष्मीले घटनालाई हिटलरको ग्यास च्याम्बरसँग तुलना गर्दै जेनजी आन्दोलनका अवोध सदस्यहरूले देशलाई नष्ट गर्ने प्रयास गरेको आरोप समेत लगाइन् ।

यस्तै पूर्वप्रधानमन्त्री खनालले पनि पीडा व्यक्त गर्दै उपचार प्रक्रिया अझै पूर्ण नभएको जानकारी दिए । उनले घरसहित सबै जलाइदिइएपछि उपचारमा समस्या आएको बताएका छन्।

गत भदौमा डल्लुस्थित खनाल दम्पतीको घरमा जेनजी प्रदर्शनका क्रममा आगजनी भएको थियो । उक्त घटनामा रविलक्ष्मी गम्भीर घाइते भएकी थिइन् भने घर पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077