काठमाडौं । जेनजी आन्दोलनका क्रममा आफ्नै घरमा आगजनी हुँदा गम्भीर घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार उपचारपछि स्वदेश फर्किएकी छन् ।
करिब तीन महिनासम्म भारतमा उपचार गराएर स्वास्थ्यमा सुधार भएपछि उनी सोमबार स्वदेश फर्किएकी हुन् । उनको भारतको एपोलो अस्पतालमा उपचार भएको थियो ।
भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा आन्दोलनकारीले घरमा आगो लगाउँदा चित्रकार घरमै जलेर गम्भीर घाइते भएकी थिइन् ।
७० वर्षीया चित्रकारको शरीरको करिब १७ प्रतिशत भाग जलेको र उपचारका क्रममा उनको देब्रे हात काट्नु परेको थियो ।