Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सरकारलाई प्रचण्डको चेतावनी- कुनै पनि बहानामा निर्वाचनको मिति सार्ने दुःशाहस नगरियोस्

सरकारलाई प्रचण्डको चेतावनी- कुनै पनि बहानामा निर्वाचनको मिति सार्ने दुःशाहस नगरियोस्

शनिवार , पौष ५, २०८२

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तोकिएको मितिमा निर्वाचन नगराई सार्ने कुनै पनि प्रयास स्वीकार्य नहुने चेतावनी दिएका छन् ।

शनिबार काठमाडौंमा आयोजित पार्टीको एकता सन्देश सभालाई सम्बोधन गर्दै संयोजक दाहालले सरकारले कुनै पनि तर्क वा बहानामा निर्वाचनको मिति सार्ने दुस्साहस गरे त्यस विरुद्ध सडक संघर्षमा उत्रिने स्पष्ट संकेत गरेका हुन् ।

उनले मुलुकमा सहज र समयमै निर्वाचन हुनुपर्नेमा जोड दिँदै निर्वाचन पछि धकेल्ने कार्य संविधान मिच्ने काम हुने बताए । सरकार यस्ता गतिविधिमा लागे चुप लागेर नबस्ने चेतावनी पनि दिए ।

उनले भने- ‘'सरकारलाई हामी स्पष्ट भन्न चाहन्छौँ कुनै पनि तर्क र बहानामा निर्वाचनको मिति सार्ने दुःशाहस नगर्नुहोस् । शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गरियोस्। यदि त्यसो गरिएन भने यो शक्ति सडकमा आउनेछ । यसलाई कमजोरी नठानियोस् ।'

दाहालले यसअघि पनि एक पटक संविधान मिचिएको उल्लेख गर्दै देशको असहज अवस्थालाई मध्यनजर गर्दै अन्तरिम सरकार गठनमा सहयोग गरिएको स्मरण गराए ।

तर सोही सरकारले फेरि निर्वाचनको मिति सार्ने वा धकेल्ने प्रयास गरे त्यसलाई सह्य नहुने उनको भनाइ थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077