Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपाल सरकार र एडीबीबीच १०० मिलियन डलरको सहुलियतपूर्ण ऋण सम्झौता

नेपाल सरकार र एडीबीबीच १०० मिलियन डलरको सहुलियतपूर्ण ऋण सम्झौता

बुधवार , पौष २, २०८२

काठमाडौं । नेपाल सरकार र एसियाली विकास बैंकबीच सार्वजनिक वित्तीय व्यवस्थापन तथा विकेन्द्रित सेवा प्रवाह सुदृढीकरण कार्यक्रम (सब-प्रोग्राम-२) का लागि सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर गरिएको छ।

बुधबार अर्थ मन्त्रालयमा आयोजित समारोहमा नेपाल सरकारको तर्फबाट अर्थ सचिव डा।घनश्याम उपाध्याय र एडीबीको तर्फबाट नेपालका लागि आवासीय प्रतिनिधि आनो कुबाले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार एडीबीले नीतिमा आधारित ऋण सहायता स्वरूप नेपाल सरकारलाई १०० मिलियन अमेरिकी डलर बराबरको वित्तीय सहयोग उपलब्ध गराउनेछ । ऋणको कुल अवधि २४ वर्ष रहनेछ भने सुरुका ८ वर्ष भुक्तानी छुट (ग्रेस अवधि) रहने व्यवस्था गरिएको छ । ऋणको ब्याजदर पहिलो चरणमा १ प्रतिशत र त्यसपछिका वर्षहरूमा १.५ प्रतिशत रहनेछ ।

समारोहमा बोल्दै अर्थ सचिव डा।उपाध्यायले सार्वजनिक वित्तीय व्यवस्थापनलाई पारदर्शी, उत्तरदायी र प्रभावकारी बनाउँदै संघीय शासन प्रणालीलाई सुदृढ गर्न यस कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

यस्तै एडिबीका आवासीय प्रतिनिधि कुबाले नेपाल सरकारसँगको सहकार्यलाई थप सुदृढ गर्दै सेवा प्रवाह सुधारका क्षेत्रमा निरन्तर सहयोग रहने प्रतिबद्धता जनाए ।

कार्यक्रममार्फत राजस्व परिचालन सुधार, बजेट निर्माण तथा खर्च व्यवस्थापन प्रणाली सुदृढ गर्ने, संघ, प्रदेश र स्थानीय तहबिच समन्वय बढाउने तथा स्थानीय सरकारहरूको क्षमता अभिवृद्धि गर्ने लक्ष्य लिइएको छ ।

समारोहमा अर्थ मन्त्रालय तथा एडिबीका उच्च अधिकारीहरू उपस्थित थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077