Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

महाधिवेशनको भिड देखाउन ‘एआई’ को प्रयोग गरेको भन्दै महेश बस्नेतमाथि सुदनको व्यंग्य, भने - अझै ताली बज्छ भन्ने भ्रम छ ब्रो ?

महाधिवेशनको भिड देखाउन ‘एआई’ को प्रयोग गरेको भन्दै महेश बस्नेतमाथि सुदनको व्यंग्य, भने - अझै ताली बज्छ भन्ने भ्रम छ ब्रो ?

शनिवार , मंसिर २७, २०८२

काठमाडौं ।  हामी नेपालका संयोजक सुदन गुरुङले नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीको महाधिवेशनमा भएको भिड देखाउन ‘एआई’ प्रविधिको दुरुपयोग गरेको आरोप लगाउँदै व्यंग्य गरेका छन् ।

शनिबार भक्तपुरको सल्लाघारी चौरमा आयोजित एमालेको ११औं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रसँग सम्बन्धित तस्बिरहरू सामाजिक सञ्जालमा सेयर गर्दै गुरुङले नेता बस्नेतको आलोचना गरेका हुन्।

महाधिवेशनमा ५ लाख मानिस उतार्ने दाबी पूरा नभएपछि प्रविधिको सहारा लिएर कृत्रिम रूपमा भिड देखाउन खोजिएको गुरुङको आरोप छ।

उनले फेसबुकमा लेखेका छन्,'५ लाख मान्छे ल्याउने दाबी फेल भयो, त्यसपछि उपाय फेर्दै ड्रोनको फोटो च्याटजीपीटीमा हालियो र भनियो— ५ लाख देखिने बनाइदेऊ। अनि अझै पनि हामी नेपालीले फोटो देखेर ताली बजाउँछौँ भन्ने भ्रममा बाँच्ने आत्मविश्वास चाहिँ सही हो महेश ब्रो।’

एमाले नेता महेश बस्नेतले महाधिवेशनअघि ५ लाख कार्यकर्ता उतार्ने दाबी गरेका थिए।

शनिबार उनले सामाजिक सञ्जालमा उद्घाटन समारोहका तस्बिरहरू सेयर गर्दै, ‘एमालेको उद्घाटन सभामा यो उपस्थिति जनसागरको एउटा थोपा मात्रै हो’ भन्ने क्याप्सन लेखेका थिए।

तर, उनले सेयर गरेका चार तस्बिरमध्ये एउटामा गुगलको एआई टुल ‘जेमिनाई’ प्रयोग गरी कृत्रिम भिड थपिएको देखिएको छ। उक्त तस्बिर वास्तविक नभएको भन्दै सामाजिक सञ्जालमा व्यापक आलोचना र बहस सुरु भएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077