काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ८०० रुपैयाँ बढेर दुई लाख ५४ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको हो ।
मंगलबार सुन प्रतितोला दुई लाख ५३ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै बुधबार चाँदीको मूल्य भने तोलामा एक सय १० रूपैयाँले बढेको छ ।
मंगलबार तीन हजार पाँच सय ४५ रूपैयाँमा कारोबार भएको चाँदी बुधबार तीन हजार ६ सय ५५ रूपैयाँमा कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार दुई सय २१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।