काठमाडौं । २०७९ मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा धनकुटाबाट पराजित भएका राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार सुनिलबहादुर थापा राष्ट्रियसभाको सदस्य हुने चलखेलमा लागेका छन् ।
प्रतिनिधिसभा निर्वाचनमा पराजित भएलगत्तै उनी तलव र राज्यमन्त्रीसरहको सेवा सुबिधा पाउनेगरी राष्ट्रपतिको सल्लाहकार नियुक्त भए ।
जनताको विश्वास जित्न असफल भएका थापालाई कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपतिको सल्लाहकारमा पठाए । कांग्रेसमा कुनै योगदान नभएका र नवप्रवेशी थापालाई राष्ट्रपतिको सल्लाहकारमा नियुक्ति गरेकोमा पार्टीभित्र चर्को बिरोध भएको थियो ।
जनताबाट अस्वीकृत ब्यक्तिलाई संसदबाट निर्वाचित राष्ट्रपतिले नियुक्ति दिएर जनमतको अपमान गरेको आरोपसमेत लागेको थियो ।
राष्ट्रपतिको सल्लाहकार भएपछि पार्टी गतिबिधिमा निस्क्रिय हुनुपर्ने भए पनि थापा भने झन् सक्रिय भएर लाग्दैआएका छन् । पदीय मर्यादा बिर्सेर धनकुटामा सामान्य धारा बत्ती, सडकको उद्घाटन उनले बेलाबखत गर्नाले विवादमा पर्दैआएका छन् ।
धनकुटेलीहरुसँग घुलमिल हुन नसकेका उनको ल्याकतले आगामी प्रतिनिधिसभाको निर्वाचन जित्न नसकिने देखेपछि थापा अर्कै बाटोबाट सांसद हुने दाउमा लागेका छन् ।
आगामी माघ ११ गते हुन लागेको राष्ट्रियसभाको निर्वाचनमा कांग्रेसको कोटाबाट टिकट लिएर निर्वाचित हुने खेलमा उनी लागिसकेका छन् ।
विगतमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको कोटाबाट राष्ट्रियसभाको सांसद मनोनीत भएका नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमको कार्यकाल पनि सकिंदैछ ।
थापा सकेसम्म गौतमकै स्थानमा मनोनीत हुने कोसिसमा छन् । मन्त्रिपरिषदको सिफारिसमा मनोनीत हुने उक्त पदमा प्रधानमन्त्री सुशीला कार्कीले थापालाई सिफारिस गर्ने संभावना अति कम छ ।
[caption id="attachment_380130" align="alignnone" width="1000"]
जेनजी आन्दोलनपछि सुदन गुरुङसँगको संकास्पद भेटले सुनिलबहादुर थापा विवादमा तानिएका थिए[/caption]
तर धनकुटाकै प्रधानमन्त्री भएकाले आफू राष्ट्रपति रामचन्द्र पौडेलको कोटाबाट उनलाई समेत विश्वासमा लिई मनोनीत हुने कोसिस गरिरहेका छन् ।
यसका लागि उनले जेनजी आन्दोलनका अगुवा सुदन गुरुङ लगायतसँग बाक्लै भेटघाट गरिसकेका छन् । राष्ट्रियसभा सदस्यको उम्मेदवार हुन ३५ बर्ष उमेर पुगेको हुनुपर्छ ।
जेनजी अगुवाहरुमध्ये गुरुङको बाहेक अरुको उमेर पुग्दैन । गुरुङ प्रतिनिधिसभामै उम्मेदवार हुने दाउमा भएकाले उनको राष्ट्रियसभा सदस्य हुने संभावना कम छ ।
सरकारको सिफारिसमा मनोनीत हुने राष्ट्रियसभामा सदस्य संभव नभए जसरी पनि माघ ११ मा चुनावमार्फत् भए पनि कांग्रेस कोटाबाट उम्मेदवारी दिने योजनामा उनी छन् ।
राष्ट्रियसभाको निर्वाचनमा दलहरुबीच गठबन्धन हुने र भागबण्डामा कोशी प्रदेशबाट उम्मेदवार हुने खेलमा थापा लागेका हुन् । चुनावमा गठबन्धन भएमा राष्ट्रियसभामा जितिने आँकलनका साथ उनी तयारीमा लागेका छन् ।
राष्ट्रियसभाको सदस्य हुन पाए ६ बर्षसम्म रहने र बीचमा कांग्रेस सरकारमा जाँदा मन्त्री बन्ने सपना उनले देखेका छन् ।
यसअघि प्रतिनिधिसभा निर्वाचनमा माओवादीसहितको गठबन्धन हुँदा समेत उनी करिब १ हजार ४ सय मतले एमालेका राजेन्द्र राईसँग हारेपछि फेरि चुनाव लड्ने हिम्मत नै उनीसँग नभएको राष्ट्रियसभा सदस्य हुन दौडधूप गरेबाट पुष्टि हुन्छ ।
जेनजी आन्दोलनलगत्तै सुशीला कार्कीकै सरकारमा मन्त्री हुने दौडमा उनी लागेका थिए । मन्त्री हुनका लागि कांग्रेस नै छाड्ने तहमा पुगेका थापाले जेनजी अगुवा सुदन गुरुङसँग पटक पटक भेट गरेका थिए ।
[insert page='370377' display='yopanipadhnuhos.php']
मन्त्री बनाइदिन गुरुङसँग उनले भेट गरेको तस्वीर नै अनलाइन नेपालले सार्वजनिक गरेको थियो ।