Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेकपाको सभामा भीम रावलले नेकपा एमालेलाई बहुमत दिनुस् भनेपछि...

नेकपाको सभामा भीम रावलले नेकपा एमालेलाई बहुमत दिनुस् भनेपछि...

आइतवार , मंसिर १४, २०८२

कास्की । लामो समय नेकपा एमालेमा सक्रिय रहेर हालै मात्र नयाँ गठित ‘नेपाली कम्युनिस्ट पार्टी’ मा प्रवेश गरेका नेता भीम रावल पोखरामा आयोजित एक सभामा भाषण दिने क्रममा झुक्किएका छन् ।

आइतबार मानवअधिकार चोकमा आयोजित ‘एकता सन्देशसभा’लाई सम्बोधन गर्दै रावलले आफ्नै वर्तमान पार्टीको साटो भुलवश पुरानै पार्टी ‘नेकपा एमाले’ को नाम उच्चारण गरेका हुन् ।

सभा जारी रहँदा उनले आत्मविश्वासका साथ भने, 'मलाई पूर्ण विश्वास छ, आउने निर्वाचनमा नेकपा एमाले को बहुमतलाई कसैले रोक्न सक्दैन ।'

रावलको यो भनाइ सुन्नासाथ सभास्थलमा एकछिन तालीगडगडाहट सुनियो। तर तुरुन्तै आफ्नो गल्ती बुझेपछि उनले बोली सच्याउँदै थपे, 'नेपाली कम्युनिस्ट पार्टीलाई कसैले छेक्न सक्दैन।'

एमालेबाट कारबाहीमा परेपछि लामो समय निष्क्रिय रहेको अवस्थाबाट गत कात्तिक २६ गते मात्र रावल नयाँ दल ‘नेपाली कम्युनिस्ट पार्टी’ मा प्रवेश गरेका हुन् ।

सभामा उनले चिप्लेढुंगामा धेरै वर्षपछि बोल्ने अवसर पाएकोमा खुसी व्यक्त गर्दै धनगढी र लमहीझैँ पोखरामासमेत विशाल जनसरोकार देखिएको दाबी गरे ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077