Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दाङ पुगेर प्रचण्डले भने- आफ्नो कमीकमजोरी सच्याउन एक भएर अघि बढेका हौँ

दाङ पुगेर प्रचण्डले भने- आफ्नो कमीकमजोरी सच्याउन एक भएर अघि बढेका हौँ

शनिवार , मंसिर १३, २०८२

दाङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले विगतमा आफूहरूबाट भएको कमीकमजोरी खोतल्न र त्यसलाई सच्याउन आफूहरू अघि बढेको बताएका छन्।

शनिबार दाङको लमहीमा आयोजित पार्टी एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले १५ वटा कम्युनिस्ट घटक र समूह मिलेर बनेको अहिलेको नेकपा चुनाव केन्द्रित गठबन्धन नभई राष्ट्र र जनताको रक्षा गर्ने ऐतिहासिक सङ्कल्प भएको दाबी गरे ।

उनले भने- 'हामीले विभिन्न समयमा राष्ट्र र जनताको पक्षमा काम गर्ने कोसिस गरे पनि भनेजस्तो परिणाम निकाल्न सकिएन। त्रुटि र कमजोरी कहाँ भयो भनेर निरन्तर समीक्षा गर्दै आएका थियौँ । यो सन्देश सभा आफ्नो कमीकमजोरी खोतल्ने र त्यसलाई सच्याउने प्रतिबद्धता गर्न आएका हौँ। यो आत्मालोचना सभा पनि हो।'

जेननी विद्रोहले आफूहरूलाई गल्ती कमजोरी सच्याएर अघि बढ्नका लागि घच्घच्याएको उनको भनाइ थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077