Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सिमरामा जेनजी युवामाथि कुटपिट प्रकरण : अरविन्द साह पक्राउ

सिमरामा जेनजी युवामाथि कुटपिट प्रकरण : अरविन्द साह पक्राउ

शुक्रवार , मंसिर ५, २०८२

सिमरा । सिमरामा जेनजी युवामाथि भएको कुटपिट प्रकरणका संग्लन रहेको आरोपमा अरविन्द साहलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार जीतपुरसिमरा–२ का साहलाई बिहीबार साँझ पक्राउ गरिएको हो ।

साहले बुधबार बिहान सिमरामा जेनजी समूहका युवामाथि हातपात गरेको आरोप छ। घटना सार्वजनिक भएपछि सिमरा क्षेत्र लगातार तनावपूर्ण बन्दै गएको छ ।

कुटपिटमा संलग्न सबैलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै जेनजी युवाहरूले बुधबारदेखि निरन्तर प्रदर्शन गरिरहेका छन् ।

उनीहरूले स्थानीय सुरक्षा व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै दोषीलाई तत्काल सार्वजनिक गर्न माग गर्दै आएका छन् ।

यसअघि पनि बारा प्रहरीले सोही घटनामा संलग्न रहेको आरोपमा वडाध्यक्ष धनबहादुर श्रेष्ठ र कैमुदिन अंसारीलाई पक्राउ गरिसकेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077