Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सिमरामा आज पनि जेनजी प्रदर्शन जारी

सिमरामा आज पनि जेनजी प्रदर्शन जारी

बिहिवार , मंसिर ४, २०८२

बारा। बाराको सिमरामा आज पनि प्रदर्शन जारी  छ ।

नेकपा एमालेका नेता-कार्यकर्ता र जेनजी युवाहरुबीचको विवादले बुधबार दिनभर तनावग्रस्त सिमरामा आज दोस्रो दिन बिहीबार पनि प्रदर्शन भइरहेको  छ ।

तनाव बढेपछि जिल्ला प्रशासन कार्यालय बाराले बुधबार कर्फ्यु आदेश नै जारी गरेको थियो । बेलुकीपछि भने स्थिति शान्त बनेको थियो ।

आज बिहीबार बिहान १० बजेबाट जेनजी युवाले सिमरा चोकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

आफूहरूमाथि कुटपिट गर्ने एमाले नेता-कार्यकर्ता पक्राउको माग गर्दै जेनजीले प्रदर्शन गरेका हुन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077