Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सिमरामा उग्र बनेको जेनजी प्रदर्शन स्थगित, भोली वार्ता हुने

सिमरामा उग्र बनेको जेनजी प्रदर्शन स्थगित, भोली वार्ता हुने

बिहिवार , मंसिर ४, २०८२

बारा। सिमरामा उग्र बनेको जेनजी प्रदर्शनको स्थिति नियन्त्रणमा आएको छ।

कुटपिटमा संलग्न व्यक्तिलाई पक्राउ गर्ने प्रशासनको आश्वासन र वार्तामा बस्ने सहमतिपछि जेनजी युवाले प्रदर्शन स्थगित गरेका हुन्।

सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी छविरमण भट्टराईका अनुसार प्रशासन र जेनजीबीच शुक्रबार वार्ता हुनेछ।

आफूहरूमाथि कुटपिट गर्नेलाई कारबाही गर्न माग राख्दै जेनजी युवाले बिहीबार दोस्रो दिन पनि प्रदर्शन गरेका थिए।

प्रदर्शनका क्रममा प्रहरीसँग झडपसमेत भएको थियो। झडपमा ६ जना प्रहरी र चार जना जेनजी समेत घाइते भएका छन्।

प्रदर्शन स्थगित भएपछि सिमरामा बिहान ११ बजेदेखि अवरुद्ध बनेको यातायात सुचारु भएको छ। यातायात सुचारु भएसँगै सिमराको अवस्था सामान्य बनेको छ।

जिल्ला प्रशासन कार्यालय बाराले आज पनि १ बजेदेखि बेलुका ८ बजेसम्मका लागि जारी गरेको कर्फ्यु आदेश भने जारी नै छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077