Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लेबनानको शरणार्थी शिविरमा इजरायली हवाई आक्रमण, १३ जनाको मृत्यु

लेबनानको शरणार्थी शिविरमा इजरायली हवाई आक्रमण, १३ जनाको मृत्यु

बुधवार , मंसिर ३, २०८२

एजेन्सी । दक्षिणी लेबनानको ऐन-अल हिलवे शरणार्थी शिविरमा भएको इजरायली हवाई आक्रमणमा १३ जनाको मृत्यु भएको छ।

लेबनानको स्वास्थ्य मन्त्रालयले शरणार्थीको मृत्यु भएको पुष्टि गरेको हो। यसमा ठूलो संख्यामा मानिस घाइते भएको जनाइएको छ ।

यो आक्रमणलाई गत वर्ष इजरायल-हिज्बुल्लाह युद्धपछि लागू भएको युद्धविरामपछिको लेबनानमाथिको सबैभन्दा घातक हमला मानिएको छ।

अलजजिराका अनुसार इजरायली ड्रोनले सिदोन बाहिरी क्षेत्रमा अवस्थित एक मस्जिदको पार्किङ क्षेत्रमा पार्क गरिएको कारलाई निशाना बनाएको थियो। इजरायली सेनाले आफूले हमासद्वारा प्रयोग हुने ‘ट्रेनिङ कम्पाउन्ड मा प्रहार गरेको दाबी गरेको छ। यहाँबाट इजरायलमाथि हमला गर्ने तयारी भइरहेको थियो ।

तर लेबनानी आरोप अस्वीकार गर्दै आक्रमण खेलमैदानमा भएको र यसलाई जघन्य अपराध भन्दै निन्दा गरेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077