Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विप्लव नेतृत्वको पार्टीको नाम फेरियो, चुनाव चिह्न गुलाब

विप्लव नेतृत्वको पार्टीको नाम फेरियो, चुनाव चिह्न गुलाब

मंगलवार , मंसिर २, २०८२

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको पार्टीले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको छ।

मंगलबार आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले महासचिव विप्लवलाई दल दर्ताको प्रमाणपत्र दिएका हुन् ।

यसअघि नेपाल कम्युनिस्ट पार्टीको नाममा सञ्चालित रहँदै आएको पार्टीले निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को नाममा दल दर्ता गराएको छ ।

विप्लव नेतृत्वको नेकपा माओवादीको चुनाव चिह्न गुलाबको फूल राखेको छ ।

आयोगमा यो दलको दर्ता नं २१० रहेको छ। १० वर्ष माओवादी जनयुद्धमा सहभागी भएका उनी पहिलो पटक निर्वाचनमा भाग लिदैछन् ।

विप्लवले कात्तिक ११ गते दल दर्ताका लागि आयोगमा निवेदन दिएका थिए ।

दल दर्ताको प्रमाणपत्र र चुनाव चिन्ह लिन विप्लव लगायत नेताहरू बाजागाजा सहित आज निर्वाचन आयोग पुगेका थिए।

प्रमाणपत्र र चुनाव चिन्ह पाएसँगै आयोग परिसरभित्रै बाजागाजासहित र्‍याली निकालिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077