Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जेनजीलाई शिक्षामन्त्री पुनको जवाफ- तिमीहरुका सबै माग पूरा गर्न सक्दिन, आफैँ गर

जेनजीलाई शिक्षामन्त्री पुनको जवाफ- तिमीहरुका सबै माग पूरा गर्न सक्दिन, आफैँ गर

सोमवार , मंसिर १, २०८२

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जेनजी युवाहरुलाई गाउँ फर्किन आग्रह गरेका छन् ।

सोमबार सिंहदरबारस्थित मन्त्रालयमा जेनजीले बुझाएको ज्ञापन पत्र ग्रहण गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।

मन्त्रालय आउँदै मन्त्रीलाई ज्ञापन पत्र बुझाएर माग पूरा नहुने भन्दै आफैँ गाउँ फर्किएर निर्वाचनमा भाग लिए निर्वाचन जितेर आएर आफ्नै सरकार बनाइ माग पूरा गर्न आग्रह गरे ।

कतिपय मागहरू पूरा गर्न नसक्ने किसिमका रहेको भन्दै पुनले भने- 'अब यो तिमीहरुको सबै माग पूरा गर्ने हो भने तिमीहरु आफैँ चुनाव लड्ने, सरकार बनाउने, यसपछि कुरा आफैँले गर्ने । यो भन्दा अर्को उपाय छैन । यहाँ क्यामेरा तेर्साएर बस्ने होइन । यस्तो किसिमको माग मन्त्रालय आउँदै, मन्त्रीलाई माग राख्ने होइन, आफैँ गाउँ गाउँमा जाने हो । तिमीहरुको माग मात्रै पूरा गरेर हुन्छ, मेरो पनि त माग पूरा गर्नुपर्ने हुन्छ । अब जेनजीका भाईबहिनीहरु काठमाडौं बस्न छोडेर सबै आफ्नो गाउँमा जाने, युवा नेताहरु ल्याउने र यस्ता किसिमका मागहरु पूरा गर्ने ।'

आफैँ निर्वाचनमा भाग लिएर जितेर आइ मागहरु पूरा गर्न आग्रह गरे ।

सबै पुरा गर्न नसकेनी पनि केही मागहरु विचार गर्न सकिने भन्दै मन्त्री पुनले भने- 'केही मागहरु विचार गर्न सकिन्छ, सबै माग पूरा गर्न सकिँदैन ।'

जेनजीले ज्ञापनपत्र मार्फत १६ वर्षको उमेरमा एसईई पास गरी सिटिईभिटि मा पढेर देश विदेशमा काम गरी जीविका चलाउन तथा देश विकाशमा योगदान गर्न चाहाने विद्यार्थी र देशको भविष्यसँग जोडिएको प्राविधिक शिक्षाका निम्न समस्याहरुको समाधान गर्न भन्दै १ हप्ते अल्टिमेटम दिएको छ ।

यसै वर्ष सिटिईभिटि को छनौट प्रक्रिया पूरा गरी स्टाफ नर्स पढ्न चाहेका १० हजार विद्यार्थीलाई स्टाफ नर्स पढ्ने व्यवस्था गर्न माग गरेको छ ।

साथै विद्यार्थीका मागहरु समयमा पूरा नगरे त्यसपछिको अवस्थाको जिम्मेवारी सिटिइभिटीको हुने चेतावनी समेत दिएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077