Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दल दर्ताबारे कुनै भ्रममा नपर्न प्रचण्डको आग्रह

दल दर्ताबारे कुनै भ्रममा नपर्न प्रचण्डको आग्रह

शुक्रवार , कार्तिक २८, २०८२

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन आयोगमा बुझाइएको दल दर्तासम्बन्धी सूचीबारे भ्रम नफैलाउन आग्रह गरेका छन् ।

उनको सचिवालयले आज विज्ञप्ति जारी गर्दै आयोगमा पेस गरिएको विवरण व्यवस्थापकीय आवश्यकता र समयको चापका कारण प्रारम्भिक रूपमा बुझाइएको स्पष्ट पारेको छ ।

विज्ञप्तिमा भनिएको छ कि एकीकरणपूर्व कायम रहेका स्थायी समिति सदस्यहरूको सूचीसहित कानुनअनुसार एक तिहाइ महिला अनिवार्य समावेश गर्ने प्रावधान पूरा गर्न तत्काल उपस्थित भएर हस्ताक्षर गर्न सक्ने १३ जना महिला सदस्यका नाम थपिएका मात्र हुन् ।

सचिवालयका अनुसार यो कुनै छुट्टै संरचना होइन र विधानअनुसारको पूर्ण संरचना बनाउने काम बाँकी छ । पार्टी संयोजक र सह-संयोजकबाहेक सबै पद तथा समितिहरू आपसी सहमतिका आधारमा गठन हुने उल्लेख गर्दै दाहालले एकीकरणमा कुनै द्विविधा नहोस् भन्दै गृहकार्य तीव्र गतिमा भइरहेको बताएका छन् ।

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित एक दर्जनभन्दा बढी वाम समूहको एकता प्रक्रियाबाट नयाँ नेपाली कम्युनिष्ट पार्टी निर्माणको काम अघि बढेको छ । आगामी फागुन २१ गते हुने आम निर्वाचनका लागि दल दर्ता गरी प्रमाणपत्र लिइसक्न निर्वाचन आयोगले यही ३० गतेसम्मको समयसीमा दिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077