Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमसीसी कम्प्याक्ट अन्तर्गतका कम्पनीलाई सरकारले एक वर्षको आयकर छुट दिने 

एमसीसी कम्प्याक्ट अन्तर्गतका कम्पनीलाई सरकारले एक वर्षको आयकर छुट दिने 

शनिवार , कार्तिक २२, २०८२

काठमाडौं । नेपाल सरकारले एमसीसी कम्प्याक्ट अन्तर्गत एमसीए-नेपालमार्फत काम गर्ने निर्माण र सेवा प्रदायक कम्पनीहरूलाई चालू आर्थिक वर्ष २०८२/८३ का लागि आयकर छुट दिने निर्णय गरेको छ।

अर्थ मन्त्रालयले यस निर्णयको सूचना राजपत्रमा प्रकाशित गर्दै आर्थिक ऐन, २०८२ को दफा १८ को उपदफा ९ अन्तर्गत उक्त निर्णय भएको जानकारी दिएको छ।

सूचना अनुसार- 'नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२ साउन १८ गतेको निर्णयअनुसार एमसीसी परियोजनामा संलग्न कम्पनीलाई आयकर छुट दिइने भएकोले सूचना प्रकाशित गरिएको हो।'

यस निर्णयअनुसार नेपालमा दर्ता भएका वा स्थायी संस्थापनका रूपमा दर्ता रहेका एमसीसी कम्प्याक्ट बमोजिम एमसीए–नेपालसँग काम गर्ने कम्पनीले चालू वर्ष आफ्नो आम्दानीमा आयकर तिर्नुपर्ने छैन।

अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायका अनुसार, यो व्यवस्थाले सरकारलाई विशेष परियोजना वा निकायका लागि कर छुट दिने अधिकार प्रदान गर्दछ। यसबाट प्रत्यक्ष लाभ एमसीसी परियोजनाअन्तर्गत भइरहेको ट्रान्समिसन लाइन, सडक सुधार र अन्य पूर्वाधार आयोजनामा कार्यरत कम्पनीहरूले पाउनेछन्।

सरकारले यस निर्णयले परियोजनाको गतिलाई थप तीव्र बनाउन सहयोग पुग्ने अपेक्षा गरेको छ।

image (5)

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077