Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

नेपाल वायुसेवा निगमको अध्यक्षमा विक्रम राई

नेपाल वायुसेवा निगमको अध्यक्षमा विक्रम राई

मंगलवार , कार्तिक १८, २०८२

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को सञ्चालक समितिको अध्यक्षमा विक्रम राई नियुक्त भएका छन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयकी निमित्त सचिव इन्दु घिमिरेले सोमबार राईलाई पद तथा गोपनीयताको शपथगराएकी हुन्।

नवनियुक्त अध्यक्ष राईले शपथपछि सञ्चारकर्मीसँग कुरा गर्दै भने, 'वर्तमान चुनौतीपूर्ण अवस्थामा निगमलाई सुधारको बाटोमा लैजानु मेरो पहिलो प्राथमिकता हुनेछ। सरकार र मन्त्रालयले ममा देखाएको भरोसा र विश्वासका लागि धन्यवाद व्यक्त गर्न चाहन्छु।'

यसअघि निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको कार्यकाल तिहारको समयमा सकिएपछि निगम नेतृत्वविहीन बनेको थियो।

सञ्चालक समितिका उपाध्यक्षका रूपमा कार्यरत राईलाई शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीले अध्यक्षमा नियुक्त गरेकी थिइन्।

प्रसादी एकेडेमीका सञ्चालकसमेत रहेका राईलाई तत्कालीन पर्यटनमन्त्री सुदन किरातीले निगमको सञ्चालक समितिमा सदस्यका रूपमा नियुक्त गरेका थिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077