Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

निगमको काठमाडौं–भैरहवा–काठमाडौं चार्टर्ड उडान सोमबारमात्रै, तोक्यो भाडादर

निगमको काठमाडौं–भैरहवा–काठमाडौं चार्टर्ड उडान सोमबारमात्रै, तोक्यो भाडादर

आइतवार , आश्विन १९, २०८२

काठमाडौं । नेपाल वायुसेवा निगमले सोमबार चार्टर्ड उडान गर्ने भएको छ । सोमबार दिउँसो १ बजे काठमाडौंदेखि भैरहवा जाने र २ः४५ बजे भैरहवाका यात्रुलाई काठमाडौं ल्याउन लागिएको हो ।

काठमाडौंबाट भैरहवा जान पाँच हजार रुपैयाँ र भैरहवाबाट काठमाडौं फर्कन सात हजार रुपैयाँ भाडादर कायम गरिएको छ ।

निगमले सडक यातायात सहज नभएको र दसैँपछि काठमाडौं फर्किने यात्रुको चाप भएको भन्दै चार्टर्ड उडान गर्ने तयारी गरेको जनाएको छ ।

विशेषगरी वैदेशिक रोजगारीमा जान टिकट लिएका र अशक्त व्यक्तिहरूका लागि विमान चार्टर्ड गर्ने तयारीमा निगम लागेको छ । काठमाडौँबाट जाँदा निगमले ५ हजार रूपैयाँ र भैरहवाबाट उड्दा ७ हजार रूपैयाँ भाडा तोकेको छ।

यस मानवीय उद्धार उडानमा अशक्त, वृद्धवृद्धा, बिरामी तथा अत्यावश्यक यात्रुहरूलाई विशेष प्राथमिकतामा राखिने निगमले जनाएको छ।

साथै उडानमा यात्रा गर्न चाहने यात्रुले अनलाइनबाट पनि टिकट काट्न उक्ने व्यवस्था मिलाइएको निगमले जनाएको छ। भैरहवामा अहिले करिब ७ सय यात्रु अलपत्र रहेका छन्।

553532161_1508297586858939_7354239974927374846_n-1759667576.jpg

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077