Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

दोलखा हिमपहिरो : सम्पर्कविहीन ४ पर्यटकको खोजी जारी

दोलखा हिमपहिरो : सम्पर्कविहीन ४ पर्यटकको खोजी जारी

मंगलवार , कार्तिक १८, २०८२

काठमाडौं । दोलखाको गौरीशङ्कर गाउँपालिका–९ रोल्वालिङ हिमशृंखलाअन्तर्गत यलुङ री हिमालको आधार शिविरमा गएको हिमपहिरोमा सम्पर्कविहीन चार जनाको खोजी भइरहेको छ । उनीहरु विदेशी पर्यटक रहेका छन् ।

हिमपहिरोमा परी तीन जनाको ज्यान गएको र पाँच जना घाइते भएका छन् । एक विदेशी नागरिकसहित दुई जना नेपाली गाइडको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

आरोहण दलमा पाँच विदेशीसहित १५ जना रहेको भनिए पनि अहिलेसम्म १२ जना मात्रै रहेको विवरण छ । सम्पर्कविहीन आरोहीको खोजीका लागि हिजो हेलिकप्टर पठाए पनि मौसमका कारण रोल्वालिङ क्षेत्रमा अवतरण हुन सकेको थिएन ।

केही दिनदेखि रोल्वालिङ उपत्यकामा हिमपात भएको थियो । आज मौसमको अवस्था हेरेर हेलिकोप्टर पठाउने तयारी भइहेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077