Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

चिर्पट प्रहार गरी छोराले गरे ६९ वर्षीय बुबाको हत्या

चिर्पट प्रहार गरी छोराले गरे ६९ वर्षीय बुबाको हत्या

सोमवार , कार्तिक १७, २०८२

पाँचथर। पाँचथरमा छोराले बुबाको हत्या गरेको खुलेको छ ।

जिल्लाको हिलिहाङ गाउँपालिका-१ फेदापाका ६९ वर्षीय युवराज राईको ३१ वर्षीय सन्देश राईले हत्या गरेको खुलेको हो ।

युवराज आइतबार बिहान १०ः३० बजे घरदेखि करिब ५०० मिटर उत्तरतर्फ करेसाबारीमा मृत फेला परेका थिए । मृत युवराजको शरीरका विभिन्न भागमा चोटपटक देखिएपछि हत्याको आशङ्कामा प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

प्रारम्भिक अनुसन्धानमा युवराजका कान्छा छोरा सन्देशले चिर्पट प्रहार गरी हत्या गरेको बाबुको हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

प्रहरीले सन्देशलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ ।

युवराजको शव कानुनी प्रक्रिया पूरा गरी परीक्षणका लागि जिल्ला अस्पताल फिदिम पठाइएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको र हत्याको कारण खुल्न बाँकी रहेको पाँचथर प्रहरीले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077