Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

छोराको कुटपिटबाट बुबाको मृत्यु

छोराको कुटपिटबाट बुबाको मृत्यु

बुधवार , मंसिर १०, २०८२

नवलपरासी । नवलपरासीमा छोराको कुटपिटबाट बुबाको मृत्यु भएको छ ।

जिल्लाको हुप्सेकोट गाउँपालिका-१ जुगेपानीमा ६० वर्षीय रामबहादुर विकलाई उनका ३० वर्षीय छोरा सन्तकुमार विकले गरेको निर्घात कुटपिटबाट बुबाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार घरायसी विवादका क्रममा गए राति छोराले बाबु रामबहादुरलाई कुटपिट गरेका थिए ।

कुटपिटबाट गम्भीर घाइते भएका विकको उपचारका क्रममा मध्य विन्दु प्रादेशिक अस्पतालमा मृत्यु भएको पुष्टि गरिएको छ ।

घटनापछि आरोपी सन्तकुमारलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077