Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानन्यायाधीशसहित सर्वोच्चका चार न्यायाधीश र रजिष्ट्रार एकैपटक विदेश विदेश भ्रमणमा

प्रधानन्यायाधीशसहित सर्वोच्चका चार न्यायाधीश र रजिष्ट्रार एकैपटक विदेश विदेश भ्रमणमा

आइतवार , कार्तिक १६, २०८२

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्वमा न्यायाधीशहरुसहितको एक टोली बंगालदेशको भ्रमणमा गएको छ । बंगलादेशका प्रधानन्यायाधीश डा. सैयद रेफात अहमेदको निम्तोमा सर्वोच्च अदालतको एउटा टोली त्यहाँ पुगेको हो ।

प्रधानन्यायाधीश राउतले नेतृत्व गरेको टोलीमा सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीश विनोद शर्मा र सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार विमल पौडेल सहभागी छन् ।

शनिबारदेखि न्यायाधीश कुमार रेग्मीले कामू प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका छन् । न्यायाधीश रेग्मी स्वयं पनि न्यायिक कार्यक्रममा सहभागी हुन चीन भ्रमणमा जाँदैछन् । सोमबारदेखि न्यायाधीश हरि फूयालले कामू प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्दैछन् ।

प्रधानन्यायाधीशको टोली आगामी मंगलबारसम्म बंगालदेशको राजधानी ढाकामा रहेछन् भने त्यसपछि स्वदेश फर्कनेछ । त्यतिञ्जेल न्यायाधीश फूयालले नै कामू प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्नेछन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077