काठमाडौं। काठमाडौं महानगरपालिकाले थापाथलीस्थित राम मन्दिर परिसरमा रहेको ट्राफिक प्रहरी प्रभागमा डोजर चलाएको छ ।
सम्पदा क्षेत्रमा निर्माण गरिएको सो संरचनामा महानगरले डोजर चलाएको हो ।
सम्पदा क्षेत्र खुल्ला राख्ने र संरक्षण गर्ने उद्देश्यका साथ सो क्षेत्रमा निर्माण गरिएको अवैध संरचना हटाइएको हो ।
यसबारे महानगरपालिकाले हिजो मात्रै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई खडा गरिएको बिट हटाउन भन्दै पत्र लेखेको थियो ।
