Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोलामा बाटो अवरुद्ध

मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोलामा बाटो अवरुद्ध

शुक्रवार , कार्तिक १४, २०८२

काठमाडौं । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत तुइन खोला पुलनजिक बाटो अवरुद्ध भएको छ ।

शुक्रबार (कात्तिक १४) बिहान बाटोमाथिबाट ढुंगा झर्दा सवारी आवागमन अवरुद्ध भएको सडक डिभिजन भरतपुरले जनाएको छ ।

सडकमा खसेको ढुंगा हटाउने कार्य जारी छ । 'मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोला पुलनजिकै माथिबाट ढुंगाहरू झर्दा सवारी आवागमन अवरुद्ध भएको छ,' सडक डिभिजनले शुक्रबार बिहान पौने ९ बजे जारी गरेको सूचनामा उल्लेख छ, 'मेसिनको प्रयोग गरी हटाउँदै छौँ ।'

वर्षाको समयमा यो क्षेत्रमा पहिरोको उच्च जोखिम हुने भएकाले बाटोको अवस्था बुझेर मात्र यात्रा गर्न सडक डिभिजनले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077