Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

गगन थापाको घर मैले जलाएको होइन, म कुकुर बचाउन गएको हुँ : श्रेष्ठ

गगन थापाको घर मैले जलाएको होइन, म कुकुर बचाउन गएको हुँ : श्रेष्ठ

बुधवार , कार्तिक १२, २०८२

काठमाडौं । नेकपा एमालेका युवा नेता सुरेन्द्र श्रेष्ठले आफूले गगन थापाको घर नजलाएको दाबी गरेका छन् ।

अनलाइन नेपालमा २०८२ कर्तिक १० गते सोमबार ‘यी हुन गगन थापाको घर जलाउने ओली निकट एमाले नेता श्रेष्ठ (तस्वीर सहित)’ शिर्षकमा प्रकाशित समाचारप्रति असहमति जनाउँदै उनले खण्डन गरेका हुन् ।

अनलाइन नेपालमा खण्डन पठाउँदै उनले आफू छिमेकी भएको नाताले थापाको घरमा रहेको कुकुरलाई बचाउन आफू त्यहाँ पुगेको बताएका छन् ।

तस्विरसहित समाचार प्रकाशित हुँदा आफ्नो सामाजिक जीवनमा असर परेको भन्दै उनले खण्डन प्रकाशित गर्न अनुरोध गरेका छन् ।

श्रेष्ठले अनलाइन नेपाललाई पठाएको खण्डनमा भनिएको छ–‘थापाको घरमा आगजनी भएको समय भन्दा झण्डै चार घण्टा पछि घरमा (गोल्डेन रिट्रीभर) जातको कुकुर रहेको सूचना पाएपछि छिमेकीको नाताले कुकुरलाई बाहिर निकाल्न म गएको हो । मैले माथिल्लो तलामा गई कुकुर बाहिर ल्याएको र कुकुर पुनः माथिनै गएपछि म फर्किएको हो ।’

यस्तो छ श्रेष्ठले अनलाइन नेपाललाई पठाएको खण्डन पत्र

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077