Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

१० सेकेण्डको अनौठो पत्रकार सम्मेलन !

१० सेकेण्डको अनौठो पत्रकार सम्मेलन !

मंगलवार , कार्तिक ११, २०८२

काठमाडौं । मङ्गलबार बिहान सङ्गीत बम नामक एक युवाले रिपोर्टर्स क्लब नेपालमा १० सेकेन्डमै पत्रकार सम्मेलन टुङ्ग्याएका छन्।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको राप अझै सेलाएको छैन। सोही विद्रोहको साङ्केतिक सन्देश दिँदै बमले १० सेकेन्डमै पत्रकार सम्मेलन टुङ्ग्याएका हुन् ।

पत्रकार सम्मेलनका लागि भनेर सञ्चारकर्मीहरु ११ बजे नै तोकिएको स्थानमा पुगिसकेका थिए । पत्रकार सम्मेलन गर्न लागेका बमले द गेम अफ लुसिफर भन्दै सांकेतिक विरोध स्वरुप पत्रकार सम्मेलन गरे ।

सेतो परम्परागत पोशाकमा सजिएका बमले मञ्चमा उभिएर दाहिने हातको दुई औंला ठड्याउँदै ‘द गेम अफ लुसिफर’ भन्दै सांकेतिक विरोध जनाए । पत्रकार सम्मेलन त्यत्तिकै सकियो । समाचार बनाउन उनले पत्रकारहरुलाई जिम्मा दिए ।

फोटोमा देखिए जस्तै सेतो परम्परागत पोशाकमा सजिएका संगीत बम दाहिने हातमा भि साइन (भिक्ट्री वा शान्ति चिन्ह) देखाउँदै मञ्चमा उभिएका थिए । यो इसारा र सम्मेलनको समग्र शैलीले पनि नेपालको वर्तमान राजनीतिको विद्रोही स्वरलाई प्रतिविम्वित गर्दछ ।

केहीले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई लुसिफरको संज्ञा दिँदै आएका छन् । यो उनको युवा विद्रोहको प्रतिक हो । भि साइनले शान्तिपूर्ण विजयको संकेत गर्दछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077