Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

यस्तो छ आजका लागि विदेशी मुद्राको सटहीदर

यस्तो छ आजका लागि विदेशी मुद्राको सटहीदर

बिहिवार , आश्विन ३०, २०८२

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको सटहीदर निर्धारण गरेको छ ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४० रूपैयाँ ६३ पैसा र बिक्रीदर १४१ रूपैयाँ २३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ५३ पैसा र बिक्रीदर १६४ रुपैयाँ २३ पैसा रहनेछ ।

पाउन्ड स्ट्रलिङ एकको खरिददर १८७ रूपैयाँ ८७ पैसा र बिक्रीदर १८८ रूपैयाँ ६७ पैसा, स्विस फ्रयांक एकको खरिददर १७५ रूपैयाँ ७३ पैसा र बिक्रीदर १७६ रूपैयाँ ४८ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९१ रूपैयाँ ६८ पैसा र बिक्रीदर ९२ रूपैयाँ ०७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रूपैयाँ २० पैसा र बिक्रीदर १०० रूपैयाँ ६२ पैसा, सिंगापुर डलर एकको खरिददर १०८ रूपैयाँ ५१ पैसा र बिक्रीदर १०८ रूपैयाँ ९७ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रूपैयाँ २९ पैसा र बिक्रीदर नौ रूपैयाँ ३३ पैसा तोकिएको छ । चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ ७३ पैसा र बिक्रीदर १९ रूपैयाँ ८२ पैसा तोकिएको छ ।

साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ ५० पैसा र बिक्रीदर ३७ रूपैयाँ ६६ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ ५८ पैसा र बिक्रीदर ३८ रूपैयाँ ७५ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ ३२ पैसा र बिक्रीदर चार रूपैयाँ ३४ पैसा, यूएई दिराम एकको खरिददर ३८ रूपैयाँ २९ पैसा र बिक्रीदर ३८ रूपैयाँ ४५ पैसा, मलेसियन रिंगेट एकको खरिददर ३३ रूपैयाँ २३ पैसा र बिक्रीदर ३३ रूपैयाँ ३७ पैसा तोकिएको छ ।

साउथ कोरियन वन १०० को खरिददर ९ रूपैयाँ ८८ पैसा र बिक्रीदर ९ रूपैयाँ ९३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रूपैयाँ ८३ पैसा र बिक्रीदर १४ रूपैयाँ ८९ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रूपैयाँ ९० पैसा र बिक्रीदर २१ रूपैयाँ ९९ पैसा तोकिएको छ ।

हङकङ डलर एकको खरिददर १८ रूपैयाँ ०९ पैसा र बिक्रीदर १८ रूपैयाँ १७ पैसा, कुवेती दिनार एकको खरिददर ४५८ रूपैयाँ १६ पैसा र बिक्रीदर ४६० रूपैयाँ १२ पैसा कायम गरिएको छ ।

बहराइन दिनार एकको खरिददर ३७३ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३७४ रूपैयाँ ६४ पैसा, ओमनी रियाल एकको खरिददर ३६५ रूपैयाँ २५ पैसा र बिक्रीदर ३६६ रूपैयाँ ८१ पैसा रहेको छ ।

भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077