Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

निःशुल्क सेयर माग्दै १० वटा हाइड्रोमा अवरोध, इप्पानले सरकारसँग माग्यो सुरक्षा

निःशुल्क सेयर माग्दै १० वटा हाइड्रोमा अवरोध, इप्पानले सरकारसँग माग्यो सुरक्षा

बुधवार , आश्विन २९, २०८२

काठमाडौं । निःशुल्क सेयर माग्दै निर्माणाधीन र निर्माणमा जान लागेका विभिन्न १० जलविद्युत् आयोजनामा स्थानीयले अवरोध गरेका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले बुधबार पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी गराएको हो ।

इप्पानका अनुसार ३६ मेगावाट क्षमताको बलेफी हाइड्रोपावर, २२ मेगावाट क्षमताको मुनलाइट हाइड्रोपावर, १.५ मेगावाट क्षमताको सेवा हाइड्रोपावर, १.५ मेगावाट क्षमताको राइजिङ हाइड्रोपावर, १.५ मेगावाट क्षमताको गाउँघर उज्यालो हाइड्रोपावर, ७ मेगावाट क्षमताको याम्बुलिङ हाइड्रोपावर, ४० मेगावाट क्षमताको बलेफी इनर्जी हाइड्रोपावर, ३६ मेगावाट क्षमताको अपर बलेफी हाइड्रोपावर, ४१ मेगावाट क्षमताको नेसमखोला हाइड्रोपावर, र ४६ मेगावाट क्षमताको सिता हाइड्रोपावर आयोजनामा स्थानीयले अवरोध गरेका छन् ।

कतिपयले समयमै सेयर जारी नगरेको भन्दै आयोजनामा अवरोध गर्न थालेका छन् । १० प्रतिशत निःशुल्क सेयरका साथै पूर्वाधार विकास अन्तर्गत सडक, विद्यालय, स्वास्थ्य सेवासहितका स्थानीय पूर्वाधारमा लगानी गर्न माग गरेका छन् ।

धितोपत्र बोर्डले समयमै आईपीओ निष्कासनमा स्वीकृति नदिएर गम्भीर समस्या भोगिरहेका ऊर्जा उत्पादक कम्पनीलाई स्थानीयले समेत धम्क्याउन खोजेपछि झन समस्या भएको इम्पानले बताएको छ ।

समयमै आईपीओ जारी नगर्दाको कारण पनि गैरकानूनी रुपमा निःशुल्क सेयर माग्नेको मनोबल बढेको इप्पानले बताएको छ ।

निजी क्षेत्रले धितोपत्र सूचीकरण तथा वितरण नियमावली २०६५ अनुसार १० प्रतिशत सेयर प्रभावित स्थानीयबासीलाई दिदै आएको छ । विगतमा दिइँदै आएकोलाई निरन्तरता दिइने भए पनि विद्यमान नियम र कानून विपरित निःशुल्क दिन नसकिने इप्पानले स्पष्ट पारेको छ ।

इम्पानले निःशुल्क सेयरको नाममा आयोजना निर्माणमा कुनै पनि अवरोध नगर्न तथा निःशुल्क सेयर मागेर आयोजनामा अवरोध गर्नेलाई निरुत्साहित गर्न उचित शान्ति सुरक्षासहितको लगानी वातावरण बनाउन सरकारसँग माग गरेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077