Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सभामुखले आह्वान गरेको सर्वदलीय बैठकमा रास्वपासहित ४ दल अनुपस्थित

सभामुखले आह्वान गरेको सर्वदलीय बैठकमा रास्वपासहित ४ दल अनुपस्थित

बुधवार , आश्विन २९, २०८२

काठमाडौं । सभामुख देवराज घिमिरेले आह्वानमा बसेको सर्वदलीय बैठकमा १० राजनीतिक दल मध्ये ४ दल अनुपस्थित भएका छन् ।

बैठकमा रास्वपा, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी सहभागी नभएका हुन् ।

१० दलको बैठक बोलाइएकोमा ६ दलका प्रतिनिधि मात्रै उपस्थित भएका सभामुखका प्रेसविज्ञ शेखर अधिकारीले बताए ।

बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, र जनता समाजवादी पार्टी नेपालका प्रतिनिधि सहभागी छन् ।

छलफलमा उपसभामुख इन्दिरा राना,नेपाली कांग्रेसका पूर्व प्रमुख सचेतक श्यामकुमार घिमिरे, नेकपा ९एमाले० का पूर्व प्रमुख सचेतक महेश बर्तौला,नेकपा माओवादी केन्द्र का पूर्व प्रमुख सचेतक हितराज पाण्डेको उपस्थिति छ ।

त्यस्तै नेकपा एकीकृत समाजवादी का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे,राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व सचेतक ज्ञानबहादुर शाही,जनमत पार्टीकी पूर्व प्रमुख सचेतक अनिताकुमारी साह, जनता समाजवादी पार्टीकी पूर्व प्रमुख सचेतक रेखा यादव,संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेलगायत डेढ दर्जन व्यक्तिको सहभागिता रहेको छ ।

बैठकमा संसद विघटन भएको अवस्थामा कसरी अघि बढ्ने भन्नेबारे छलफल भइरहेको सहभागी नेताहरुले बताएका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077