Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्रीका नाममा चन्दा आतंक !

प्रधानमन्त्रीका नाममा चन्दा आतंक !

सोमवार , आश्विन २७, २०८२

काठमाडौँ । प्रधानमन्त्रीका नाममा चन्दा आतंक फैलिन थालेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले नागरिकलाई सचेत रहन आग्रह गर्दै त्यस्ता गतिविधि देखिए तत्काल प्रशासन र प्रहरीलाई जानकारी दिन आग्रह गरेको छ ।

हाल केही व्यक्ति तथा समूहहरूले प्रधानमन्त्री वा प्रधानमन्त्री कार्यालयको नाममा विभिन्न परियोजना, कोष र सामाजिक कार्यका लागि चन्दा, सहयोग रकम वा आर्थिक दान माग्दै हिँडिरहेको सूचना प्राप्त भएपछि कार्यालयले सोमबार विज्ञप्ति जारी गर्दै यसप्रति गम्भीर ध्यानाकर्षण जनाएको हो ।

विज्ञप्तिमा भनिएको छ- 'प्रधानमन्त्री तथा यस कार्यालयको तर्फबाट कुनै पनि किसिमको चन्दा वा सहयोग संकलनका लागि कुनै व्यक्ति वा समूहलाई अनुमति दिइएको छैन। त्यस्ता भ्रामक कार्यमा विश्वास नगर्न र कसैले त्यस्तो आग्रह गरेमा पूर्ण रूपमा अस्वीकार गर्न अनुरोध गरिन्छ।'

प्रधानमन्त्री कार्यालयले प्रधानमन्त्रीको नाम दुरुपयोग गरी रकम संकलन गर्न खोज्ने व्यक्तिहरूलाई कानूनी दायरामा ल्याइने चेतावनी पनि दिएको छ ।

विज्ञप्तिमा भनिएको छ-'प्रधानमन्त्रीज्यू वा यस कार्यालयको नाम प्रयोग गरेर चन्दा संकलन गर्ने वा गर्न प्रोत्साहित गर्ने गतिविधि फेला परेमा नजिकको स्थानीय प्रशासन, प्रहरी कार्यालय वा प्रधानमन्त्री कार्यालयमा तुरुन्त जानकारी गराउन अनुरोध गरिन्छ।'

यस्तै, विदेशमा बसेका नेपाली समुदायलाई पनि यस प्रकारका अनधिकृत गतिविधि देखिएमा त्यहाँको नेपाली नियोग वा दूतावासलाई जानकारी दिन आग्रह गरिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077