Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एनआईसी एशियाका ग्राहकलाई मार्क्युर होटलमामा १५ प्रतिशतसम्म छुट

एनआईसी एशियाका ग्राहकलाई मार्क्युर होटलमामा १५ प्रतिशतसम्म छुट

सोमवार , आश्विन २७, २०८२

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहक महानुभावहरुले काठमाडौं, सुकेधारामा रहेको मार्क्युर होटल (Mercure Hotel) मा विशेष छुट पाउने भएका छन् ।

बैंक र होटलबीच बैंकका ग्राहकहरुलाई विशेष छुट उपलब्ध गराउने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै एनआईसीका ग्राहकहरुले उक्त होटलमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ–‘ग्राहक महानुभावहरुले यस होटलमा आवास सेवा लिँदा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नुहुनेछ भने खाना तथा पेयपदार्थमा १० प्रतिशत छुट सुविधा उपयोग गर्न सक्नुहुनेछ ।’

यस सुविधाको उपयोग गर्न ग्राहक महानुभावहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक (MoBank) एप मार्फत भुक्तानी गर्नुपर्ने पनि बैंकले जनाएको छ ।

बैंकको प्रमुख सूचना अधिकारी समेत रहेका सहायक प्रमुख कार्यकारी अधिकृत अर्जुन राज खनियाद्वारा जारी विज्ञप्तिमा भनिएको छ–‘उक्त होटलसँगको यस सहकार्यले ग्राहक महानुभावहरुलाई छुट सुविधा उपलब्ध हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्ध्दन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।’

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077