एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इजरायलतर्फ प्रस्थान गरेका छन् ।
गाजामा जीवित रहेको अनुमान गरिएका २० जना इजरायली बन्धकहरु पहिलो चरणमा आज मुक्त हुँदैछन । योसँगै इजरायलले झन्डै दुई हजार प्यालेस्टिनी कैदी र बन्दीहरूलाई रिहा गर्ने तयारी गरेको छ ।
ट्रम्पले इजरायलको संसदलाई सम्बोधन गर्ने, प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग भेट गर्ने र बन्धकका परिवारसँग भेटघाट गर्ने कार्यक्रम रहेको खबरमा उल्लेख छ ।
यस्तै राष्ट्रपति ट्रम्प इजिप्टमा हुने ‘गाजाको भविष्य’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुनेछन् । त्यहाँ २० भन्दा धेरै देशका नेता उपस्थित हुनेछन् ।
संयुक्त राष्ट्रसंघको मानवतावादी संयोजन कार्यालयले युद्धविरामपछि गाजामा राहत कार्यमा ‘वास्तविक प्रगति’ भएको जनाएको छ ।