Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

टी-२० विश्वकप छनोट: नेपालले आइतबार यूएईसँग प्रतिस्पर्धा गर्ने

टी-२० विश्वकप छनोट: नेपालले आइतबार यूएईसँग प्रतिस्पर्धा गर्ने

शनिवार , आश्विन २५, २०८२

काठमाडौं । आईसीसी टी-२० विश्वकप छनोट अन्तर्गत सुपर सिक्समा नेपाल टोलिले आइतबार यूएईसँग प्रतिस्पर्धा गर्ने भएको छ।

आईसीसीका अनुसार समूह एको विजेता यूएईसँग समूह बीको विजेता नेपालले आइतबार दिउँसो सवा ४ बजे प्रतिस्पर्धा गर्ने तालिका छ। नेपालले समूह चरणबाट सुपर सिक्समा २ अंक जोडिसकेको छ । यस्तै यूएई पनि दुई अंक लिएर सुपरसिक्समा प्रवेश गरेको हो।

नेपालले सोमबार समूह ‘ए’कै उपविजेता कतारसँग प्रतिस्पर्धा गर्ने तालिका छ । यसैगरी बुधबार समूह सीको विजेता ओमानसँग र शुक्रबार समूह सीको उपविजेता सामोआसँग नेपालले खेल्नेछ । यी खेलबाट शीर्ष तीनमा पर्ने टोलीले आगामी वर्ष भारत र श्रीलंकामा हुने टी-२० विश्वकपमा सहभागिता जनाउनेछन्।

नेपाल आईसीसी टी-२० एसिया तथा पूर्वी एसिया प्यासिफिक छनोट खेलअन्तर्गत समूह चरणका दुवै खेलमा जित निकाल्दै सुपर सिक्समा प्रवेश गरेको हो । नेपालले पहिलो खेलमा कुवेतलाई ५८ रनले र दोस्रो खेलमा जापानलाई ५ विकेटले पराजित गरेको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077