Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

फिलिपिन्समा ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

फिलिपिन्समा ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

शुक्रवार , आश्विन २४, २०८२

एजेन्सी । दक्षिणी फिलिपिन्सको मिन्डानाओ क्षेत्रमा ७.५ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पसँगै सुनामीको चेतावनी पनि दिइएको छ।

फिलिपिन्सको भूकम्प विज्ञान एजेन्सीले थप परकम्पनको चेतावनी दिएको छ। अधिकारीहरूका अनुसार, फिलिपिन्सको तटीय क्षेत्रमा ३ मिटर (१० फिट) अग्ला छालहरू सहित विनाशकारी सुनामी आउन सक्ने आउने अनुमान गरिएको छ।

दक्षिणी फिलिपिन्सको डाभाओ ओरिएन्टल प्रान्तका गभर्नर एडविन जुबाहिबले भूकम्प जाँदा मानिसहरूमा भागदौड मच्चिएको र केही भवनहरूमा क्षति पुगेको जानकारी दिएका छन्।

मध्य र दक्षिणी फिलिपिन्सका तटीय शहरहरूका बासिन्दाहरूलाई तुरुन्तै अग्लो जमिनमा सर्न सल्लाह दिइएको छ।

यसैबीच भूकम्पको उद्गमस्थल मिन्डानाओ क्षेत्रबाट ३०० किलोमिटर टाढा इन्डोनेसियामा सुनामी चेतावनी जारी गरिएको बीबीसीले जनाएको छ।

यसअघि, सेप्टेम्बर ३० मा फिलिपिन्सको सेबु प्रान्तको बोओगको तटीय सहरमा ७।० म्याग्निच्युडको भूकम्प गएको थियो, जसमा ७४ जनाको मृत्यु भएको र ५०० भन्दा बढी घाइते भएका थिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077