Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ओली र लेखकविरुद्ध सुदन गुरुङ प्रहरीमा, दर्ता भएन निवेदन !

ओली र लेखकविरुद्ध सुदन गुरुङ प्रहरीमा, दर्ता भएन निवेदन !

सोमवार , आश्विन २०, २०८२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्नुपर्ने मागसहित जेनजी समूहका अभियन्ताहरू काठमाडौं प्रहरी परिसर पुगेका छन् ।

सुदन गुरुङको नेतृत्वमा रहेको समूह निवेदनसहित प्रहरी परिसर पुगेको हो । स्रोतका अनुसार अभियन्ताहरूले ओली र लेखकविरुद्ध अनुसन्धान थाल्न र तत्काल पक्राउ गर्न माग गरेका थिए ।

तर प्रहरीले जेनजी आन्दोलनको घटना छानबिनका लागि जाँचबुझ आयोगले काम गरिरहेकाले जाहेरी दर्ता गर्न इन्कार गरेको बताइएको छ ।

[insert page='370737' display='yopanipadhnuhos.php']

यसअघि सुदन गुरुङ समूहले सामाजिक सञ्जालमार्फत् दुवै नेतामाथि छानबिन गर्नुपर्ने माग गर्दै #ArrestOliAndLekhak शीर्षकमा अभियान सञ्चालन गरेको थियो।

दिनभर चलेको सो अभियानपछि उनीहरू साँझ औपचारिक निवेदनका साथ परिसर पुगेका हुन् ।

सोमबार अधिकांश समूहका अगुवाहरूले जेनजी प्रदर्शनकारीमाथि भएको दमनमा तत्कालीन प्रधानमन्त्री ओलीलाई आरोपित गर्न पक्राउ गर्नुपर्ने भन्दै अभियान चलाएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077