Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

देशभर अझै १८ राजमार्ग पूर्णरूपमा अवरुद्ध (सूचीसहित)

देशभर अझै १८ राजमार्ग पूर्णरूपमा अवरुद्ध (सूचीसहित)

सोमवार , आश्विन २०, २०८२

काठमाडौं । वर्षापछिको बाढीपहिरोका कारण बागमती र कोशी प्रदेशका १८ ठाउँमा सडक पूर्णरूपमा अवरुद्ध छन्।

केही सडकमा भने एकतर्फी गाडी गुडिरहेका प्रहरीले जनाएको छ। बागमतीमा ११ र कोशीका आठ ठाउँमा सडक अवरुद्ध भएका हुन् ।

नेपाल प्रहरीका अनुसार बागमती प्रदेशमा पासाङ ल्हामु सडक, अरनिको राजमार्ग, बीपी राजमार्ग, कान्ति लोकपथ, मदन भण्डारी राजमार्ग र मध्यपहाडी लोकमार्ग बन्द छन् । यसैगरी नेपाल-चीन जोड्ने सीमा सडक, कुलेखानी-सिस्नेरी-दक्षिणकाली-काठमाडौं सडक खण्ड पनि पूर्णरूपमा अवरुद्ध छ।

यस्तै कोशीमा कोशी राजमार्ग, सिद्धीचरण राजमार्ग, मध्यपहाडी लोकमार्ग, मेची राजमार्गका विभिन्न ठाउँमा पहिरोले सडक अवरुद्ध छ।

कुन राजमार्ग कहाँकहाँ छन् अबरुद्ध

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077