Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

यी ५ ठाउँमा सडक पूर्ण रुपमा अवरुद्ध

यी ५ ठाउँमा सडक पूर्ण रुपमा अवरुद्ध

शुक्रवार , आश्विन १७, २०८२

काठमाडौं । अविरल वर्षा, बाढी र पहिरोका कारण कोशी र बागमती प्रदेशका विभिन्न स्थानमा पाँच ठाउँमा मुख्य राजमार्ग अवरुद्ध भएका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार शुक्रबार बिहानसम्मको जानकारीअनुसार संखुवासभाको भोटखोला गाउँपालिका–४ बरुणमा निरन्तर वर्षाका कारण कोशी राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन ।

त्यस्तै, संखुवासभाकै मकालु गाउँपालिका–३ एकुवामा पनि लामो समयदेखि बन्द कोशी राजमार्ग सुचारु हुन सकेको छैन।

यसैगरी रसुवाको गोसाइकुण्ड गाउँपालिका–२ मा नेपाल–चीन नाका जोड्ने पुल पूर्ण रूपमा अवरुद्ध भएको छ भने सोही गाउँपालिकामा आज बिहान गएको पहिरोका कारण पासाङ ल्हामु सडकखण्ड पनि बन्द भएको छ।

यस्तै, सिन्धुपाल्चोकको भोटकोशी गाउँपालिका–४ चारकिलो नजिकै गएको पहिरोले अरनिको राजमार्ग पनि अवरुद्ध छ ।

५ ठाउँमा सडक अवरुद्ध

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077