Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बिटक्वाइनको मूल्य अहिलेसम्मकै उच्च

बिटक्वाइनको मूल्य अहिलेसम्मकै उच्च

सोमवार , आश्विन २०, २०८२

काठमाडौं । बजार मूल्यको हिसाबले विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ ।

प्रति बिटक्वाइनको मूल्य हिजो २.७ प्रतिशतले बढेर एक लाख २५ हजार अमेरिकी डलरभन्दा माथि अर्थात् एक करोड ७७ लाख रुपैयाँभन्दा धेरै पुगेको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनबाट आएको मैत्रीपूर्ण नियमन र संस्थागत लगानीकर्ताहरूको बलियो मागले गर्दा अगस्टको मध्यमा प्रति बिटक्वाइनको मूल्य एक लाख २४ हजार चार सय ८० डलर रहेको थियो ।

अमेरिकी इक्विटीमा भएको पछिल्लो वृद्धि र बिटक्वाइन एक्सचेन्ज–ट्रेडेड कोषहरूमा आएको प्रवाहले शुक्रवार क्रिप्टोकरेन्सीको भाउ लगातार आठौं सत्रमा बढेको थियो ।

अमेरिका, क्यानडा, युरोपेली सङ्घ, सिङ्गापुर, अस्ट्रेलिया, न्युजिल्यान्डलगायत देशले बिटक्वाइन र अन्य क्रिप्टोकरेन्सीलाई कानूनी मान्यता दिएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077