काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी र पहिरोमा परेर ज्यान गुमाएका परिवारलाई राहतस्वरूप तत्काल २ लाख रुपैयाँ उपलब्ध गराउन निर्देशन दिएको छ।
प्राधिकरणले स्थानीय तहसँग समन्वय गरेर मृतकका परिवारलाई २ लाखका दरले सहयोग उपलब्ध गराउननिर्देशन दिएको हो ।
बाढी र पहिरोले सबैभन्दा धेरै धनजनको क्षति पुर्याएको इलाम जिल्लामा मात्रै ७० लाख रुपैयाँ तत्काल उपलब्ध गराएको प्राधिकरणका कार्यकारी प्रमुख इ.दिनेश प्रसाद भट्टले बताए । अन्य जिल्लाहरुमा यसअघि नै विपत् कोषमाबाट खर्च दिन निर्देशन दिएका छन् ।
यस्तै घाइतेको नि:शुल्क उपचार गर्न र क्षति पुगेका जिल्लाहरुमा उद्धार तथा राहत तत्काल पुर्याउन जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको उनले बताए ।