Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सप्तकोशी ब्यारेजका १५ वटा ढोका खोलियो

सप्तकोशी ब्यारेजका १५ वटा ढोका खोलियो

आइतवार , आश्विन १९, २०८२

सप्तरी । शनिबार बिहानैदेखि परेको अबिरल वर्षाका कारण सप्तकोशी नदीमा पानीको सतह बढेको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीका अनुसार सप्तरी र सुनसरीको बीचमा रहेको सप्तकोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेण्ड एक लाख नौ हजार ३६० क्युसेक पुगेको छ।

पानीको बहाव बढ्न थालेपछि कोशी ब्यारेजका ५६ ढोकामध्ये शनिबार रातिसम्म १५ वटा ढोका खोलिएका छन्। शनिबार दिउँसो पानीको बहाव एक लाख दुई हजार ३५ क्युसेक थियो।

साथै तराई मधेस र पूर्वी पहाडी जिल्लामा भइरहेको अविरल वर्षाका कारण पानीको बहाव अझै बढ्न सक्ने अनुमान गरिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077