काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-पोखरा सडक भासिएको छ ।
तनहुँको आँबुखैरेनी गाउँपालिका-४, डम्पिङमा सडकको ठूलो हिस्सा भासिएको हो । तर बाँकी रहेको साँघुरो भागबाट सवारी चालकहरूले जोखिम मोलेरै गाडी चलाइरहेका छन् ।
इलाका प्रहरी कार्यलय आँबुखैरेनीका प्रहरी निरिक्षक टेक प्रसाद सुवेदीका अनुसार शनिबार साँझ ५ बजेतिर भासिएको छ।
उनका अनुसार हाल प्रहरीको निरिक्षणमा सवारी आवगमन चलिरहेको छ।