Online Nepal
  • शुक्रबार, ११ असोज २०८१
  • फिस्लिङको पहिरो पन्छाएपछि दुईतर्फी सञ्चालनमा आयो पृथ्वी राजमार्ग

    फिस्लिङको पहिरो पन्छाएपछि दुईतर्फी सञ्चालनमा आयो पृथ्वी राजमार्ग

    अनलाइन नेपाल
  • सोमबार, ७ साउन २०८१
  • 267
    SHARES

    चितवन । चितवनस्थित इच्छाकामना गाउँपालिका वडा नम्बर ६ फिस्लिङमा खसेको पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ।

    मुग्लिन–मलेखु सडक खण्डअन्तर्गत् फिस्लिङमा सोमबार बिहान ४ः४५ बजे खसेको पहिरो बिहान ८ बजे पन्छाइसकिएपछि राजमार्ग सञ्चालनमा आएको हो ।



    इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार बिहान ६ बजेदेखि पहिरो पन्छाउने थालिएको थियो ।



    पहिरोले गाडी रोकिँदा सयौँ सवारी साधनको सडकमा लाम लागेको थियो । राजमार्ग खुलेसँगै सवारी साधन आआफ्नो गन्तव्यतिर लागेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार