Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

भारी वर्षामा कारण यती एयरलाइन्सका सबै उडानहरू रद्द

भारी वर्षामा कारण यती एयरलाइन्सका सबै उडानहरू रद्द

शनिवार , आश्विन १८, २०८२

काठमाडौं । भारी वर्षामा कारण यती एयरलाइन्सले आजका सबै उडानहरू रद्द गरेको जनाएको छ। कम्पनीले शनिबार जारी गरेको सूचनामा मौसममा सुधार नआएकाले निर्धारित कुनै पनि उडान सञ्चालन गर्न नसकिएको उल्लेख छ ।

यती एयरलाइन्सले यात्रुहरूलाई परेको असुविधाप्रति क्षमायाचना गरेको छ । यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार मौसम सफा भए पनि इनरुटको मौसमसम्बन्धी जानकारी कसले दिने भन्ने अन्योल भएकाले समस्या सिर्जना भएको र सोही कारण उडान रद्द गरिएको हो ।

हवाई दुर्घटना कम गर्न भन्दै नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले इनरुट मौसम सफा भएको जानकारी भएपछि मात्रै उडान अनुमति दिने नियम ल्याएको छ ।

उडान प्रभावित हुँदा यात्रुहरु समसयामा परेका छन् ।

देशका विभिन्न भागमा भइरहेको लगातार वर्षाका कारण सबै हवाई उडान प्रभावित बनेका हुन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077