Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

युद्धविराम प्रस्ताव स्वीकार गर्न हमासलाई ट्रम्पको अल्टिमेटम

युद्धविराम प्रस्ताव स्वीकार गर्न हमासलाई ट्रम्पको अल्टिमेटम

बुधवार , आश्विन १५, २०८२

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा शान्ति स्थापनाका लागि आफैले अघि सारेको प्रस्तावमा जवाफ दिन हमासलाई अल्टिमेटम दिएका छन्।

उनले इजरायललाई सहमत गराइसकेको युद्धविराम योजनामा हमासले तीनदेखि चार दिनभित्र निर्णय सुनाउनुपर्ने बताएका हुन्।

ट्रम्पले भने, “यदि हमासले यो सम्झौता अस्वीकार गर्छ भने अन्त्य धेरै दुःखद हुनेछ। तर यो सफल भयो भने यो साँच्चिकै अद्भुत हुनेछ।” उनले आफ्नो योजनालाई “अद्भुत कुरा” भन्दै अन्तर्राष्ट्रिय समुदायलाई पनि यसलाई सहयोग गर्न आह्वान गरेका छन्।

कतारको विदेश मन्त्रालयले हमासले अमेरिकी प्रस्तावलाई जिम्मेवारीपूर्वक अध्ययन गरिरहेको जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077