Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

ट्राफिक प्रहरीद्वारा हराएका गरगहना र नगद सम्बन्धितलाई हस्तान्तरण

ट्राफिक प्रहरीद्वारा हराएका गरगहना र नगद सम्बन्धितलाई हस्तान्तरण

मंगलवार , आश्विन १४, २०८२

काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका-४, इमाडोल बस्ने लिला बराइलीको हराएको गरगहना तथा नगद रकम ट्राफिक प्रहरीले फेला पारेर फिर्ता गरेको छ ।

असोज १२ गते नरदेवी मन्दिरदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म यात्रा गर्ने क्रममा बा २ ज ३१६६ नम्बरको भाडाकारमा बराइलीको झोलाभित्र रहेको सुनको गरगहना र नगद छुटेको थियो ।

बराइलीले सामान हराएको निवेदन दिएपछि ट्राफिक प्रहरीले खोजतलास गरी भाडाकार चालकको साथबाट फेला परेको थियो ।

उक्त सुनका गरगहना तथा नगद रकम सम्बन्धितलाई व्यक्तिलाई हस्तान्तरण गरेको हो । प्रहरीका अनुसार उक्त गाडीका चालकले पनि ट्राफिक प्रहरीको रोहबरमै सामान फिर्ता गरेका थिए ।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077