Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

पूर्वप्रधानमन्त्री ओलीसहित ५ जनाको राहदानी रोक्का गर्न सिफारिस, उपत्यका बाहिर जान रोक

पूर्वप्रधानमन्त्री ओलीसहित ५ जनाको राहदानी रोक्का गर्न सिफारिस, उपत्यका बाहिर जान रोक

आइतवार , आश्विन १२, २०८२

काठमाडौं । जेनजी आन्दोलन दमनबारे जाँचबुझ गर्न आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच जनालाई काठमाडौं उपत्यका नछाड्ने व्यवस्था मिलाउन सरकारलाई पत्राचार गर्ने निर्णय गरेको छ ।

आयोगले आइतबार ओलीसहित तत्कालीन गृहमन्त्री रमेश लेखक, तत्कालीन गृह सचिव गोकर्णमणि दुवाडी, तत्कालीन राष्ट्रिय अनुसन्धान प्रमुख हुतराज थापा र तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई उपत्यका छाड्न नपाउने व्यवस्था मिलाउन निर्णय गरेको हो ।

‘भदौ २३ र २४ गतेका घटनाहरूको छानबिन तथा जाँचबुझको सिलसिलामा तपसिल बमोजिमका व्यक्तिहरू अनुसन्धानको दायरामा रहेको हुँदा निजहरूको विदेश भ्रमण रोक लगाउन आवश्यक कारवाही गर्नुहुन तथा छानबिनका लागि कुनै पनि समयमा आयोगमा उपस्थित हुनु पर्ने हुँदा आयोगको स्वीकृति बेगर काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था गर्न गराउनका लागि सम्बन्धित निकायमा पत्राचार गर्ने,’ आयोगको सचिवालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

अनुसन्धानमा तानेपछि आयोगले पाँचै जनाको विदेश भ्रमणमा पनि रोक लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077